२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअलक्रेडिट कार्ड सेवा सुरु


सञ्चार डबली
  • मंगलबार, भदौ ३१ २०८२
  • 6.9K
    SHARES

  • images
    गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअलक्रेडिट कार्ड सेवा सुरु

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप “गरिमा डिजि बटुवा”बाट नेपालको आफ्नै भर्चुअलक्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ ।

    गरिमा विकास बैंककाग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङएपमा सो सेवा सुचारु गर्न सकिनेछ ।

    उक्त भर्चुअलक्रेडिट कार्डमार्फत ग्राहकले फोनपे को कुनै पनिक्युआर कोड र फोन पे नेटवर्कमा सजिलै भुक्तानीगर्न सकिनेछ ।

    न्यूनतम १०,००० देखि अधिकतम १,००,००० सम्म क्रेडिट सीमा रहेको यस भर्चुअल क्रेडिट कार्डमा भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याजक्रेडिट रकम उपभोग गर्न सक्नुका साथै हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिश तभुक्तानी गर्ने विकल्प समेत लिन सक्नेछन् ।

    भौतिक रुपमान भई मोबाईल बैकिङएपमा भर्चुअल रुपमा उपलब्ध हुने यस सुविधाले ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव दिने विश्वास विकास बैंकले राखेको छ ।

    हाल गरिमा विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवाप्रवाह गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend