२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण, त्यसबारे सदनमा जवाफ दिनु पर्छ : रवि लामिछाने


सञ्चार डबली
  • शनिबार, असार २३ २०८०
  • 11.6K
    SHARES

  • images
    प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण, त्यसबारे सदनमा जवाफ दिनु पर्छ : रवि लामिछाने

     

    काठमाडौं, २३ असार । भारतले प्रधानमन्त्री बनाएको हो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलेकडा आपत्ति जनाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण भएको र त्यसबारे सदनमा आएर जवाफ दिनु पर्ने बताएका छन् ।

    उनले भने ‘प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिनु भयो,’ ‘नेपाली जनताले निर्वाचित गरेर पठाएको, नेपाली जनताले प्रधानमन्त्री बनाएको हो । हाम्रो हस्ताक्षर छ । भारतले प्रधानमन्त्री बनायो । कोही अमुक व्यक्ति प्रधानमन्त्री बनाउन हिँड्यो भन्ने अभिव्यक्ति दिँँदा हामीले प्रधानमन्त्रीको जवाफ माग्न मिल्दैन ? माग्छौं हामी जवाफ । त्यसपछि संसद चल्न दिन्छौं ।’

    सभामुखले रास्वपालाई बोल्न नदिएको भन्दै उनले आक्रोशसमेत पोखे । अमुक भ्रष्टाचारको जरो उखाल्नु आफ्नो पार्टीको मुख्य लक्ष्य भएको बताएका छन् ।उनले भने – ‘बालकोटमा पुस १० गते सम्झौता हुँदा नै न्यूनतम साझा कार्यक्रमका आधारमा सरकारका जाने निर्णय भएको हो । ’उप सभामुख भने आफ्नो पार्टीले पाउनु पर्ने माग भने आफूहरुले राखेको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend