२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

राष्ट्र बैंकको बैंकहरुलाई अत्यावश्क बैंकिङ सेवा सुरु गर्न निर्देशन


सञ्चार डबली
  • बिहीबार , भदौ २६ २०८२
  • 5.9K
    SHARES

  • images
    राष्ट्र बैंकको बैंकहरुलाई अत्यावश्क बैंकिङ सेवा सुरु गर्न निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

    केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालार्य ध्यानमा राखेर नेपाली सेनाले भदौ २५ गतेमा जारी विज्ञप्तिअनुसार आवातजावत हुने गरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकि तथा डिजिटल भुक्तानी प्रणालीसम्बन्धी सेवा सुचारु गर्न निर्देशन दिएको हो।

    अन्य प्रणालीको हकमा जोखिमका आधारमा रिमोट एसिसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

    यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वासाधारणलाई जानकारी गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend