२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

निषेधाज्ञाकै बीच ४ घण्टाका लागि खुले बैंक


सञ्चार डबली
  • बिहीबार , भदौ २६ २०८२
  • 9.3K
    SHARES

  • images
    निषेधाज्ञाकै बीच ४ घण्टाका लागि खुले बैंक


    काठमाडौं । निषेधाज्ञाकै बीच काठमाडाैँ उपत्यकामा बैंकहरू खुल्न थालेका छन्।गएकाे सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंकहरू बिहीबारदेखि पुन: सञ्चालनमा आएका हुन्। आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो।

    क्षतिकैबीच बैंकका सीईओहरूको संगठन बैंकर्स संघले बिहीबार चार घण्टाका लागि बैंकहरू खुलाउने निणर्य गरेको हो। बिहीबार बिहान १० बजेदेखि सञ्चलनमा आएका बैंक दिउँसाे २ बजेसम्म खुला रहनेछन्। संघले अधिकतम तीनवटा शाखासम्म खाेल्न भनेकाे छ।

    संघको निर्णय पालाना गर्दै अहिले काठमाडाैँका बाणिज्य बैंकहरूले आफ्ना शाखा कार्यलयहरूबाट सेवा दिइरहेका छन् भने विकास बैंकहरूले पनि फाट्टफुट्ट रुपमा सेवा दिन थालेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend