२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन


सञ्चार डबली
  • बुधबार, भदौ २५ २०८२
  • 6.2K
    SHARES

  • images
    नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन


     काठमाडौं । हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

    प्राधिकरणले आज एक सूचना जारी गर्दै सुरक्षाको अवस्था सामान्य नहुँदासम्म सबै बीमा कम्पनी तथा तिनका शाखा र उपशाखा कार्यालयहरूलाई वर्क फ्रम होम (घरबाट कार्य सञ्चालन) को व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

    प्राधिकरणले बीमा कम्पनीहरूलाई आफ्ना कर्मचारी र भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न पनि विशेष आग्रह गरेको छ।

    साथै, सुरक्षा निकायहरूको आदेश पूर्ण रूपमा पालना गर्न र कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तुरुन्तै सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन समेत सूचित गरिएको छ।

    बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले यस्तो कदम देशमा हालको अस्थिर र संवेदनशील परिस्थितिको सामना गर्न र बीमा सेवा अबरुद्ध नहोस् भन्ने उद्देश्यले चालेको बताइएको छ। प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुरमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend