२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिटी होटलको ८० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा


सञ्चार डबली
  • सोमबार, भदौ २३ २०८२
  • 5.6K
    SHARES

  • images
    सिटी होटलको ८० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

    काठमाडौं । सिटी होटल लिमिटेडले आजदेखि ८० प्रतिशत हकप्रद शेयर निष्कासन सुरु गरेको छ । कम्पनीले हाल कायम १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्तापूँजीको आधारमा १ः०.८० अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद शेयर जारी गरेको हो ।

    यसअघि कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गरेको थियो । त्यसअनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी मात्र हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

    हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको छ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेडमार्फत तथा प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।

    साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सिटी होटलको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend