२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजदेखि झापा इनर्जी लिमिटेडको आईपीओ खुला


सञ्चार डबली
  • शुक्रबार, भदौ २० २०८२
  • 5.5K
    SHARES

  • images
    आजदेखि झापा इनर्जी लिमिटेडको आईपीओ खुला

    काठमाडौं ।  झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर, कुल ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको शेयर जारी गरेको हो ।

    यसमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक, वित्तीय संस्थाका शाखा तथा मेरो शेयरमार्फत दिन सकिनेछ ।

    आईपीओ छिटोमा भदौ २४ र ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ । आईपीओ रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘सिंगल बी माइनस’ प्रदान गरेको छ । जसले उच्च जोखिम संकेत गर्दछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend