काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडका सेयरधनीहरूले २० प्रतिशत लाभांश पाउने भएका छन् । बैंकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने दिने प्रस्ताव गरेको हो।
बैंकको सञ्चालक समितिको साउन १९ गते बिहीबार साँझ बसेको बसेको ३८७औँ बैठकले नगद लाभांश १४ प्रतिशत र बोनस सेयर ६ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश दिन भएको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सर्वसाधरणमा वितरण गरिने बैंकले जनाएको छ ।
प्रस्ताव अनुसार सेयरधनीले कुल १४ प्रतिशत नगद लाभांशसहित ६ प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन्। हालसम्म बैंकको चुक्ता पुँजी १२ अर्ब ९५ करोड ५४ लाख १६ हजार रुपैयाँ रहेको छ।
उक्त लाभांश प्रस्ताव वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।


