काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध हुने भएको छ । बैंक र उक्त हस्पिटलबिच सो सम्बन्धी सम्झौता भएसँगै ग्राहकहरूले छुट सुविधा पाउने भएका हुन् ।
सो समझदारीसँगै यस बैंकका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।
उक्त बैंकका ग्राहकहरूले उक्त हस्पिटलमा General Bed-Hospital Admit, Cabin-Hospital Admit, ICU Bed, Ventilator, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Operation, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, T.M.T., Endoscopy र Medicine जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
सो सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


