२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ज्योति विकास बैंकको मोवाइल बैंकिङ एपबाट हवाइ टिकट किन्दा ५०० क्यासब्याक अफर


सञ्चार डबली
  • बिहीबार , भदौ १९ २०८२
  • 6.0K
    SHARES

  • images
    ज्योति विकास बैंकको मोवाइल बैंकिङ एपबाट हवाइ टिकट किन्दा ५०० क्यासब्याक अफर

    काठमाडौं । दशैँको अवसरमा ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई हवाई टिकट खरिदमा आकर्षक क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

    अब ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एपमार्फत जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा ग्राहकले प्रतिटिकट अधिकतम रु. ५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

    बैंकका अनुसार, यो अफर पहिलो ४०० जना ग्राहकले मात्र पाउनेछन् । साथै, हवाई टिकट खरिद गर्दा विशेष प्रोमो कोड प्रयोग गरेपछि मात्र क्यासब्याक सुविधा उपलब्ध हुनेछ । अभियान अवधिभर ग्राहकले आफ्नो पहिलो टिकट खरिदमै यो सुविधा लिन सक्नेछन् ।

    यस अफरमार्फत बैंकले आफ्ना ग्राहकलाई सहज र लाभदायक यात्राको सुविधा दिनुका साथै डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । हालै मात्र अन्तर्राष्ट्रिय सूचना सुरक्षा व्यवस्थापन प्रणाली ISO 27001:2022 सम्बन्धी प्रमाणपत्र हासिल गरेको बैंकले सुरक्षित र व्यवस्थित डिजिटल सेवा प्रवाहलाई निरन्तर सुदृढ पार्दै आएको जनाएको छ ।

    सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै बैंकले हरेक वर्ष “न्यानो नानी” पहलमार्फत दुई हजारभन्दा बढी नवजात शिशुको जीवन रक्षा गर्न सहयोग पुर्‍याउँदै आएको छ । साथै, गत आर्थिक वर्षमा मात्र रु. ४१ करोड कर तिरेर राष्ट्र निर्माणमा योगदान दिएको बैंकले जनाएको छ ।

    ज्योति विकास बैंकले हाल १२१ शाखा, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत देशभर सेवा विस्तार गरीरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend