२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले महिला उद्यमी महासंघका सदस्यहरूलाई विभिन्न सेवाहरूमा बिशेष छुट दिने


सञ्चार डबली
  • बिहीबार , भदौ १९ २०८२
  • 4.0K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले महिला उद्यमी महासंघका सदस्यहरूलाई विभिन्न सेवाहरूमा बिशेष छुट दिने
    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न बैंक बिच सम्झौता भएको हो ।
     
    सो सम्बन्धी सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघकातर्फ अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरे।
     
    सम्झौतासँगै बैंकले महिला व्यावसायिक सेवा आरम्भ गरिएको जानकारी दिएको छ । उक्त सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई महिलाद्धारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।
     
    सम्झौता अनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरूमार्फत महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई छुटसहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।
     
    सो सम्झौताबाट महिला उद्यमी महासंघ नेपालका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend