२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं बीच साझेदारी


सञ्चार डबली
  • बुधबार, भदौ १८ २०८२
  • 3.1K
    SHARES

  • images
    एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं बीच साझेदारी

    काठमाडौ । एनएमबि बैंकले आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ ।

    यस साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनुहुनेछ, जसले बैंकका आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूको बसाइ अझ किफायती र सहज हुनेछ ।

    साथै, बैंकका आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रूफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्नुहुनेछ ।

    एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend