२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच सम्झौता : सदस्यहरूलाई विशेष सुविधा


सञ्चार डबली
  • बुधबार, भदौ १८ २०८२
  • 3.7K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच सम्झौता : सदस्यहरूलाई विशेष सुविधा

    काठमाडौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ व्यावसायिक सम्झौता सम्पन्न भएको छ।

    सम्झौतामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नेपाल मेडकिल एसोसिएसनका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले हस्ताक्षर गरेका हुन् ।

    यससँगै बैंकले एसोसिएसनका सम्पूर्ण सदस्यलाई लक्षित गरी विभिन्न बैंकिङ सेवामा विशेष सुविधा उपलब्ध गराउने भएको छ।सम्झौता अनुसार बैंकको देशभर रहेका २७५ शाखामार्फत ‘प्रोफेशनल बचत खाता’ खोल्ने सदस्यलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा प्रदान गरिनेछ।

    साथै, व्यवसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, घर तथा सवारी कर्जा, साथै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ लगायत सेवामा पनि विशेष छुट उपलब्ध हुनेछ।

    प्रमुख कार्यकारी अधिकृत पाण्डेले सम्झौताबाट नेपाल मेडकिल एसोसिएसनका सदस्य प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे । यसले चिकित्सक समुदायको व्यावसायिक तथा व्यक्तिगत वित्तीय आवश्यकतामा सहजता ल्याउने अपेक्षा बैंकले गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend