२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनएमबि बैंकद्वारा सर्लाहीका श्री अमर जैन विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण


सञ्चार डबली
  • मंगलबार, भदौ १७ २०८२
  • 5.9K
    SHARES

  • images
    एनएमबि बैंकद्वारा सर्लाहीका श्री अमर जैन विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

    काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रम बिच विद्यार्थीहरुलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । 

    बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पु¥याउने आफ्नो प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरेको हो ।

    बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच पु¥याउन सहयोग गर्ने लक्ष्य राखेको छ । यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृड बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । 

    कार्यक्रमको प्रमुख आतिथिमा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेल रहेका थिए । उनले एनएमबि बैंकको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । 

    त्यस्तै, एनएमबि बैंकका तर्फबाट मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्यको विशेष उपस्थिति रहेको थियो । उनीहरूले बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।सबै सहभागीहरूले बैंकको यस उदाहरणीय कार्यको सराहना गरेका थिए । एनएमबि बैंकले भविष्यमा पनि समाज र राष्ट्रको हितका लागि यस्तै रचनात्मक र सामाजिक रूपमा जिम्मेवार कार्यक्रमहरू सञ्चालन गर्ने वाचा गरेको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत  सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend