२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

१९.८९ अंकले घट्यो नेप्से परिसुचक, कति भयो कारोबार ?  


सञ्चार डबली
  • मंगलबार, भदौ १७ २०८२
  • 5.5K
    SHARES

  • images
    १९.८९ अंकले घट्यो नेप्से परिसुचक, कति भयो कारोबार ?  

    काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ । सोमबार १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको नेप्से परिसुचक मंगलबार भने ०.७२ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको छ ।

    सोमबार ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबारमा मंगलबार भने ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर कायारेबार भएको छ ।

    आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.२३ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९८ अंक घटेको छ ।

    यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९८ प्रतिशतले बढेर २९४.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनियन हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ३.६० प्रतिशतले बढेर प्रतिकित्ता ४०२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । एभरेष्ट बैंकलिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.२२ प्रतिशतले बढेर १०९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य ७.४७ प्रतिशतले घटेर २०४६.७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । दोर्दिखोला जलविद्युत कम्पनीको शेयर मूल्य ७.३२ प्रतिशतले घटेर २५५.०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कुमारी सबल योजनाको शेयर प्रतिकित्ता ४.७९ प्रतिशतले घटेर ८.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, दोर्दिखोला जलविद्युत आयोजना र हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend