२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सहुलियतपूर्ण कर्जा–९४ हजार ऋणीको ७८ अर्ब बढी बक्यौता


सञ्चार डबली
  • सोमबार, भदौ १६ २०८२
  • 7.0K
    SHARES

  • images
    सहुलियतपूर्ण कर्जा–९४ हजार ऋणीको ७८ अर्ब बढी बक्यौता

    काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म सहुलियतपूर्ण कर्जाको बक्यौता ७८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गरिएको यो कर्जा ९४ हजार ९२० जना ऋणीलाई प्रवाह गरिएको हो।

    राष्ट्र बैंकको तथ्यांक अनुसार कर्जा लिनेहरूमध्ये सबैभन्दा धेरै हिस्सा कृषि तथा पशुपंक्षी व्यवसायमा छ। जहाँ ३५ हजार ८६१ ऋणीलाई ५७ अर्ब ५५ करोड रुपैयाँ कर्जा दिइएको छ।

    त्यस्तै, महिला उद्यमशीलता प्रवर्द्धनका लागि ५७ हजार ६३६ जना महिला उद्यमीले २० अर्ब ९ करोड रुपैयाँ कर्जा लिएका छन्। अन्य शीर्षकहरूमा १ हजार ४२३ ऋणीले १ अर्ब २ करोड रुपैयाँ बराबरको कर्जा लिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend