२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन


सञ्चार डबली
  • सोमबार, भदौ १६ २०८२
  • 6.3K
    SHARES

  • images
    आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन

    काठमाडौं ।  बुङ्गल हाइड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर जारी गरेको हो ।

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत दिन सकिने व्यवस्था गरिएको छ । यो आईपीओ छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते बन्द हुनेछ ।
    यस आईपीओको लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल बी’ इश्युअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ । यसअघि, कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ जारी गरिसकेको थियो ।

    बुङ्गल हाइड्रोले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि र २ लाख ७ हजार ५०० कित्ता विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend