२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्छः प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • सोमबार, असार १८ २०८०
  • 8.7K
    SHARES

  • images
    शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्छः प्रधानमन्त्री दाहाल

     

    काठमाडौ, १८ असार । कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुननपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने बताएका छन् ।

    गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन ।’

    विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताएका हुन् । उनले भने, ‘कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ । त्यसकारण यो प्रक्रिया अगाडि जान्छ, जानुपर्छ ।’ कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्ने उनले बताए ।

    त्यस्तै उनले पहिलो पटक भेटदेखि अन्तिम भेट हुँदासम्म कुनै द्विधा, अविश्वास, आशङ्का या आशङ्का नदेखेको भन्दै बरु आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताए । ‘बरु मैले गल्ती गरेँ, उहाँले विल्कुल गल्ती गर्नुभएन’, प्रचण्डले शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै प्रचण्डले भने, ‘मैले बरु उहाँसँग लिएका प्रतिबद्धता सबै जस्ताको तस्तै मैले पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।’ उनले कोइरालाको चाहानाविपरीत कतिपय निर्णय गर्दा पनि विश्वास गर्न नछोडेको भन्दै गणतन्त्र कोइराला नभएको भए आउन नसक्ने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend