२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लामो समय नेतृत्व नबदलिँदा पुराना पार्टी संकटमा परे : गगन थापा


सञ्चार डबली
  • शनिबार, असार १६ २०८०
  • 8.1K
    SHARES

  • images
    लामो समय नेतृत्व नबदलिँदा पुराना पार्टी संकटमा परे : गगन थापा


    काठमाडौ, १६ असार । आफू कांग्रेस बदल्ने अभियानमा लागेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्। आज कांग्रेसको दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री बन्ने प्रवृत्तिले कांग्रेस, एमाले माओवादीजस्ता पुराना पार्टी संकटमा परेको बताएका छन् ।

    महामन्त्री थापाले भने, ‘संसारमा एउटा त्यस्तो देश बताइदिनुस्, जुन देशमा एक व्यक्ति, एक नेता ५–६ पटक प्रधानमन्त्री भएको होस्। यस्तो कहीं हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन, ‘नेपालमा पुराना पार्टी आज किन संकटमा छन् थाहा छ ? कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको कारणमध्ये मूल कारण भनेको ती पार्टीको नेताहरु जमेको पोखरी जस्तो भए।’

    ‘यस्तो कहीं हुन्छरु २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन। पोलिटिक्समा पनि एक्जिटको व्यवस्था गरिएको हुन्छ। हामीकहाँ एक्जिटको व्यवस्था गरिएन,’ उनले थपे। उनले अमेरिकामा एउटा व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति नहुने परम्परा रहेको र नेपालमा पनि यस्तै पद्धति बसाल्नुपर्ने उनले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend