२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नीजि स्कुलका शिक्षकलाइ सरकारी सरह तलब सुविधा दिन मेयर बालेन शाहद्वारा निर्देशन


सञ्चार डबली
  • बिहीबार , असार १४ २०८०
  • 11.3K
    SHARES

  • images
    नीजि स्कुलका शिक्षकलाइ सरकारी सरह तलब सुविधा दिन मेयर बालेन शाहद्वारा निर्देशन

     
    काठमाडाैं, १४ असार । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयले पनि सरकारी स्कुल सरह शिक्षकहरूलाइ तलब भत्ता दिनुपर्ने जनाएका छन् ।  संस्थागत (निजि)  बिधालयले  शिक्षकहरूलाइ कानुन सम्मत तलब नदिएकाे गुनासाे गरे पछि मेयर शाहले सार्बजनिक रूपमा नै शिक्षकहरूकाे तलब सार्बजनिक गर्दै साेही अनुसार ब्यवस्था गर्नु पर्ने जनाएका छन् ।

    'काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि / Private ) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ,' शाहले भनेका छन, 'यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।'

    सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएकाे भन्दै तलब स्केल सार्बजनिक गरेका छन् । उनले भनेका छन,  'निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।'

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend