२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 प्रतिनिधिसभा बैठक बस्दैः प्रधानमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने


सञ्चार डबली
  • बुधबार, असार १३ २०८०
  • 9.3K
    SHARES

  • images
     प्रतिनिधिसभा बैठक बस्दैः प्रधानमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने


    काठमाडौं, १३ असार । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बोलाइएको छ ।  बुधवारको को बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । 

    सोही क्रममा विनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्रको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उपराष्टपतिकोे कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ । 

    मंगलबारको  बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend