२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

यसवर्ष रासायनिक मलको अभाव हुँदैन : कृषिमन्त्री भुसाल


सञ्चार डबली
  • मंगलबार, असार १२ २०८०
  • 8.0K
    SHARES

  • images
    यसवर्ष रासायनिक मलको अभाव हुँदैन : कृषिमन्त्री भुसाल

     

    काठमाडौं, १२ असार । यसवर्ष रासायनिक मलको अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले दाबी गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले यसवर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका हुन् ।

    उनका अनुसार देशभरका कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको छ ।असारको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिक टन र साउनभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल आउने उनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend