२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रुसमा बिद्रोह अन्त्य  भए पनि अवस्था सहज भइसकेको छैन् : अमेरिका


सञ्चार डबली
  • मंगलबार, असार १२ २०८०
  • 9.3K
    SHARES

  • images
    रुसमा बिद्रोह अन्त्य  भए पनि अवस्था सहज भइसकेको छैन् : अमेरिका

     

    काठमाडौ, १२ असार । रुसी ‘सैन्य बिद्रोह’लाई लिएर अमेरिकाले मुख खोलेको छ। अमेरिकी विदेश मन्त्रालयले सोमबार रुसमा जारी विद्रोहको बारेमा आफनो प्रतिक्रिया दिएको हो ।अमेरिकी विदेश विभागका प्रवक्ता मैथ्यू मिलरले रुसी राष्ट्रपति पुटिनको नेतृत्वलाई प्रत्यक्ष चुनौती दिएको देख्नु पक्कै पनि नयाँ कुरा भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । सागै, अमेरिकाले वाग्नर समूहका प्रमुख येभजेनी प्रिगोजिनको अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको पनि बताएका छन् ।

    राज्य विभागका प्रवक्ता म्याथ्यू मिलरले युक्रेन र वाग्नर समूहको बारेमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनले सो कुरा जानकारी दिएका हुन । उनले रुसी राष्ट्रपति पुटिनको नेतृत्वलाई प्रत्यक्ष चुनौती दिएको देख्नु पक्कै पनि नयाँ कुरा भएको बताए । यति मात्र होइन, आफ्नै येभजेनी प्रिगोजिनले रुस–युक्रेन युद्धको औचित्यमाथि सीधै प्रश्न उठाएको देख्नु पनि नौलो कुरा लागेको उनले बताएका छन् ।

    मिलरले भने कि, ‘हामीले पहिले नै उनको झूटको बारेमा कुरा गरिसकेका छौं। यद्यपी रुसी अधिकारीहरूले यसबारेमा केही भनेका छैनन् । उनले रुसमा विद्रोहको अन्त्य भइसकेको तर अवस्था ठिक नभएको बताए ।

    रुसमा डेढ दिनदेखि चलेको विद्रोहको अन्त्य रहस्यमयी तरिकाले भएको थियो, जुन विद्रोह रुसको निजी सेना वाग्नरले गरेको थियो । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना सेनाहरूलाई मस्कोतर्फको मार्च रोक्न र युक्रेनमा रहेको आफ्नो फिल्ड क्याम्पहरूमा फर्कन आदेश दिएर बेलारुसतर्फ गईसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend