२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको तरकारी र फलफूल मूल्य, सबैभन्दा सस्तो बन्दा


सञ्चार डबली
  • मंगलबार, असार १२ २०८०
  • 9.5K
    SHARES

  • images
    आजको तरकारी र फलफूल मूल्य, सबैभन्दा सस्तो बन्दा

     

    काठमाडौ, १२ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कालीमाटीमा प्रतिकेजी ७ रुपैयाँ ६० पैसादेखि ६५० रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ । यो दिन सबैभन्दा सस्तो बन्दा प्रतिकेजी रहेको छ भने आभोकाडो महङ्गो रहेको छ । आज लोकल बन्दा प्रतिकेजी ७ रुपैयाँ ६० पैसा र अभोकाडो ६५० रुपैयाँ पर्नेछ ।

    नेपाली गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, टनेल गोलभेडा १२ रुपैयाँ ४० पैसा, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु, रातो मूला र लाम्चो भन्टा ३५ रुपैयाँ कायम गरिएको छ भने मुडेको रातो आलु ३८ रुपैयाँ ६० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज ४४ रुपैयाँ ८० पैसा, लोकल गाजर, तने बोडी, सेलरी र हरियो लसुन ११० रुपैयाँ पर्नेछ ।

    स्थानीय काउली, गान्टे मूला, चुकुन्दर, सलमग र लोकल सिमी ७५ रुपैयाँ, मकै बोडी, तराई परवर र दसहरी आँप प्रतिकेजी ८५ रुपैयाँ तोकेको कालिमाटी बजारले राजमा घिउ सिमी, भटमासकोशा र तरबुजा ९५ रुपैयाँ, तितो करेला ६६ रुपैयाँ, घिरौला ६२ रुपैयाँ, झिगूनी र स्कूस ५५ रुपैयाँ कायम गरिएको छ । साथै, रायोको साग ४६ रुपैयाँ ६७ पैसा, कन्ये च्याउ १४४ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, न्यूरो र ब्रोकाउली ८५ रुपैयाँमा कारोबार हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend