२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बाग्मती प्रदेश सभा बैठक आज बस्दै, बजेटमाथि छलफल हुँने


सञ्चार डबली
  • मंगलबार, असार १२ २०८०
  • 8.0K
    SHARES

  • images
    बाग्मती प्रदेश सभा बैठक आज बस्दै, बजेटमाथि छलफल हुँने

     

    काठमाडौं, १२ असार । आज बाग्मती प्रदेश सभाको बैठक बस्दैछ । प्रदेश सभा सचिवालय भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ बजे बोलाईएको छ। आजबाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि आजबाट छलफल सुरु हुनेछ ।

    प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले आजदेखि बजेटमाथिको छलफल गरिने कार्यसूची बनाएको हो ।

    सो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए, जुन बजेट माथी आज छलफल हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend