२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, डलर र युरोको भाउ बढ्यो


सञ्चार डबली
  • मंगलबार, असार १२ २०८०
  • 8.0K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर, डलर र युरोको भाउ बढ्यो

    काठमाडौं, १२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ८४ पैसा र बिक्री दर १४३ रूपैयाँ ४९ पैसा रहेको छ।

     हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६  पैसा र बिक्रीदर १३१ रूपैयाँ ५६ पैसा कायम गरिएको थियो भने युरो एकको खरिद दर १४२ रूपैयाँ ६३ पैसा र बिक्री दर १४३ रूपैयाँ २८ पैसामा कारोबार भएको थियो ।  

     उता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ८७  रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा तोकेको राष्ट्र बैंकले बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५० पैसा र बिक्री दर १६७ रूपैयाँ २६ पैसामा कारोबार गर्ने अनुमति दिएको छ । 

     जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १५  पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर  १० रूपैयाँ ७ पैसामा मंगलबार कारोबार हुनेछ ।

    यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८।२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१५ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँमा कारोबार हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend