२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ


सञ्चार डबली
  • सोमबार, असार ११ २०८०
  • 8.5K
    SHARES

  • images
    देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ

     

    काठमाडाैं, ११ असार । देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका-१ स्थित जिल्ला कारागार कैलालीमा कैद भुक्तान गरिरहेको छोरो भेट्न आएकी सोही उपमहानगरपलिका-३ मिलन चोक बस्ने ५० वर्षीया कमला देवी अवस्थीलाई अवैध लागुऔषध ब्राउनसुगर ५ ग्राम ४० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय ओम प्रकाश अवस्थीलाई भेट्न आएकी उनलाई जाँच गर्ने क्रममा बिस्कुटभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागुऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  

    कैलालीकै धनगढी उपमहानगरपालिका-१२ जुगेडा ‘ए’ गाउँस्थित दुर्गेश्वरी मासु पसलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पसल संचालक ३५ वर्षीय शेर बहादुर भण्डारी र सोही ठाउँ बस्ने २७ वर्षीय राकेश भट्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले पसलमा तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।   

    धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ७ मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय गोबिन्द रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  

    लमजुङकाे बेसिशहर नगरपालिका-८ शेराचोकबाट अवैध लागूऔषध चरेस ८७ ग्राम ७ मिलिग्रामसहित मनाङ ङिस्याङ गाउँपालिका-६ बस्ने ३० वर्षीय राजु गोतामेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो । 

    झापाकाे भद्रपुर नगरपालिका-५ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही नगरपालिका-८ बस्ने २६ वर्षीय मोहित साहलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३२८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

    झापाकै झापा गाउँपालिका-५ मेचे बस्ती पन्थडाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ बस्ने २४ वर्षीय बिशाल राजवंशी र १९ वर्षीय रोहन ढकाल रहेका छन् । प्रहरी चौकी शरणामती र बी.ओ.पी पन्थडाँडाबाट संयुक्त रुपमा खटिएको प्रहरीले प्र.१-०१-०१३ प ४१८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको  हो । 

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend