२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

११.६९ अंकले बढ्यो सेयर बजार


सञ्चार डबली
  • सोमबार, असार ११ २०८०
  • 9.9K
    SHARES

  • images
    ११.६९ अंकले बढ्यो सेयर बजार

     

    काठमाडौ, ११ असार । सेयर बजारले उकालो यात्रालाई सोमबार पनि कायमै राखेको छ । यस दिन नेप्से सूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । बैंकिङ प्रणालीमा देखिएको तरलतामा सहज बन्दै गएपछि सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको हो ।

    सोमबार २७९ कम्पनीको ११ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


    पछिल्लो समय सेयर बजार बढिरहँदा लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । सोमबार माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । यसअघि, होटल तथा पर्यटन समूह र बिमा समूहहरुमा लगानीकर्ता झुम्मिएका थिए । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा ब्याजदर पनि घट्न थालेको छ ।

    हिमालयन लाइफ इन्स्योरेन्सको भाउ १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४२ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा सोल्टी होटलको २७ करोड २६ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २२ करोड ३७ लाख रुपैयाँको सेयरकिनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend