२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ओलीको दाउ: घुमाइफिराइ गभर्नर आफ्नै पोल्टामा, सिफारिस समितिमा एमालेकै कब्जा


सञ्चार डबली
  • आइतबार, वैशाख २१ २०८२
  • 7.3K
    SHARES

  • images
    ओलीको दाउ: घुमाइफिराइ गभर्नर आफ्नै पोल्टामा, सिफारिस समितिमा एमालेकै कब्जा

    काठमाडौं, वैशाख २१ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अघिकारीको कार्यकाल सकिएको झन्डै एक महिना बित्नलाग्दा समेत सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन। अर्थतन्त्रको आर्थिक सल्लाहाकारको रुपमा रहेको राष्ट्र बैंक गत चैत २५ गतेदेखि नेतृत्वविहीन छ। सिफारिस समिति बनेको लामो समयपछि आजका लागि (आइतबार) बोलाइएको सिफारिस समितिको बैठक अर्थमन्त्रीले व्यस्तताको कारण देखाउँदै स्थगित गरेका छन्।

    नियमअनुसार बहालवाला गभर्नरले अवकाश पाउनुभन्दा एक महिनाअघि नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने हुन्छ । तर गभर्नर पद रिक्त भएको एक महिना बितिक्दा समेत अझै टुंगो लागेको छैन। डेपुटी गभर्नर निलम ढुंगानालाई कायममुकायमको जिम्मेवारी दिएर उनैबाट काम चलाउको काम गरिरहेको छ। तर ढुंगानाले आफ्नो नियमित रुपमा गर्नुपर्ने काम कारबाही समेत गरेकी छैनन्।

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमात भयो तर लामो समयसम्म पनि गभर्नर कसलाई बनाउने भन्ने टुँगो नलागेपछि सिफारिस समितिमा रहेका विजयनाथ भट्टराईले समितिको स्वायत्ततामाथी प्रश्न उठाउँदै राजीनामा दिए। आर्थिक क्षेत्रका नियामक निकाय सबै आफ्नै पोल्टामा पार्ने प्रधानमंत्री केपी ओलीको रणनीतिक योजना थियो तर योग्य र सक्षम व्यक्ति गभर्नर नियुक्त गर्नुपर्ने देउवाको अडानपछि राष्ट्र बैंककै प्रमुख कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने साझा सहमति बनेको थियो। सोहि सहमति अनुसार भट्टले बुझाएको राजिनामा कामु गभर्नरको जिम्मेवारी पाएकी ढुंगानाले अझै स्वीकृत गरेकी छैनन्। उनको यो कार्य नियमविपरित भएको भन्दै चौतर्फी आलोचना भईरेहको छ।

    नियक्ति प्रकृया लम्ब्याएर गभर्नर आफ्नै पोल्टामा पार्ने योजनामा लागेका ओलीले वैशाख १७ गते सिफारिस समितिमा रिक्त पदमा हालै मात्र राष्ट्र बैंकबाट बाहिरिएका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई राखेका छन्। अधिकारीको नियुक्ति पछि सिफारिस समितिका तीनमध्ये राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेल बाहेक अध्यमन्त्री पौडेल र अधिकारी ओलीको विश्वास पात्र हुन्। यसबाट पनि ओलीले घुमाई फिराई राष्ट्र बैंकको गभर्नर आँफैले रुचाएको व्यक्ति नियुक्त गर्न खोजेका हुन् भन्ने प्रष्ट हुन्छ। यतिबेला सिफारिस समितिमा एमालेको पकड छ। जसका कारण पनि कांग्रेस उनीप्रति सशंकित बन्न थालेको छ।

    ओलीले एकातिर गभर्नर कांग्रेसलाई दिने सहमति गरेका छन् भने अर्कोतिर अधिकारी ल्याएर समितिमा राखेका छन्। त्यसमाथि पनि ढुंगानाले नियतवस च्याँखे थापेर भट्टको राजीनामा स्वीकृत नगरेपछि ओलीको भनाई र गराईमा प्रश्न उठाउने प्रसस्त आधार देखिन्छ।

    यस अघि साझा सहमतिमा परेका  डा. भट्ट विगत २५ वर्षदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन् । आर्थिक अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, सुपरिवेक्षण विभाग, राष्ट्र ऋण व्यवस्थापन विभागको प्रमुख भएर काम गरी सकेका डा. भट्ट दुईपटक प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । भट्ट स्नातकोत्तर तहमा त्रिभुवन विश्व विद्यालयका ‘गोल्डमेडलिष्ट’हुन् । भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाकै वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend