२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानमन्त्री ‘प्रचण्ड’को नेतृत्वमा देशले समृद्धिको जग हाल्न सक्ने ठूलो सम्भावना छ : सुदन किराँती


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 8.1K
    SHARES

  • images
    प्रधानमन्त्री ‘प्रचण्ड’को नेतृत्वमा देशले समृद्धिको जग हाल्न सक्ने ठूलो सम्भावना छ : सुदन किराँती

     

    काठमाडौं, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको जग हाल्न सक्ने ठूलो सम्भावना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन् ।आजनेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा उनले यस्तो बताएका हुन् ।

    पर्यटन मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको जिकिर गरेका छन् । भूगोलका हिसाबले सानो भए पनि नेपाल संस्कृति र भाषाका हिसाबले सानो नभएको पर्यटन मन्त्री किराँतीले उल्लेख गरेका छन् ।

    उनले भने, “अब सुशासन कायम गर्नुपर्नेछ । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । उहाँकै नेतृत्वमा समृद्धिको जग हाल्न सक्ने ठूलो सम्भावना छ,” मन्त्री किराँतीले भने, “हाम्रो भूगोल सानो छ । उत्तर–दक्षिणतर्फ हाम्रा ठूला देशहरू छन् । तर, संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend