२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकताः प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 8.4K
    SHARES

  • images
    गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकताः प्रधानमन्त्री दाहाल

     

    काठमाडौं, ९ असार । संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। आज नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन्।

    ज्ञान तथा साहित्य कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसके मात्रै अपेक्षित सफलता हाँसिल गर्नसक्ने बताए। उनले अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सिमित हुन नहुने बताएका छन्।

    सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक रुपान्तरण अभियान अघि आउन जरुरी रहेको प्रधानमन्त्री दाहालले बताए। उनले आजको युगिन सभ्यतालाई संस्थागत गर्न सरकारले नयाँ प्रज्ञा परिषद् तथा प्राज्ञ सभाको गठन गरेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend