२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे ?–रेशम चौधरी


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 9.4K
    SHARES

  • images
    आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे ?–रेशम चौधरी


    काठमाडौं, ९ असार । आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रश्न गरेका छन्। चौधरीले आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै प्रश्न गरेका हुन्।

    पार्टीको कार्यक्रममा लागि शनिवार सुर्खेत आएका नागरिक संरक्षक चौधरीले सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सुरुमै उही एउटै प्रश्न नसोध्न पत्रकारलाई आग्रह गरेका छन् । उनले टिकापुर घटनाको बारेमा प्रश्न नसोध्न पत्रकारलाई आग्रह गरेका थिए । प्रश्नको उत्तर दिँदा थाकेको भन्दै उनले बरु नवीनतम प्रश्न सोध्न पत्रकारलाई आग्रह गरेका हुन् ।

    उनले आफूलाई विमानस्थलमा यस्तो स्वागत होला भनेर नसोचेको बताउँदै भने, ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला?’‘मलाई तपाईँहरूले सोध्नै पर्ने प्रश्न भए सोध्नुहोस् म जवाफ दिउँला तर, हामी पटक–पटक त्यही एउटा प्रश्न र त्यही उत्तरबाट आजिद छौँ,’ उनले भने, ‘तपाईँहरू पनि त्यो प्रश्न नसोध्नुहोस् मलाई पनि त्यसको सयौँ पटक उत्तर दिनुपर्ने बाध्यताको सिर्जना नगर्नुहोस् ।’

    पत्रकारहरूले पनि टिकापुर घटनाबारे चौधरीलाई प्रश्न सोधेनन् । उनले सुर्खेत आउँदा आफूलाई विमानस्थलमा स्वागत होला भनेर नसोचेको बताए । ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला,’ उनले भने,‘ हिसाब गर्ने हो भने पनि मान्छेले अहिलेसम्म चार ट्रक मालाले स्वागत गरेका छन् ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend