२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्सेमा झिनो अंकको सुधार, ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार


सञ्चार डबली
  • बिहीबार , असार ७ २०८०
  • 9.4K
    SHARES

  • images
    नेप्सेमा झिनो अंकको सुधार, ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार

     

    काठमाडौ, ७ असार । सेयर बजार ४.७५ अंकले बढेको छ । आज नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५२ बिन्दुमा पुगेको छ । २२६ सूचीकृत कम्पनीहरुको ८० लाख ८ हजार २४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ।

    चारबाहेक सबै उपसूचक राताम्मे भएको छ। होटल एण्ड टुरीजमको सेक्टर आज पनि चम्किएको छ। त्यस्तै, जीवन बिमा कम्पनी, निर्जिवन बीमा र अन्य क्षेत्रको उपसूचकमा सुधार देखिएको छ।

    सोल्टी होटलमा लगानीकर्तहरुको आकर्षण बढी देखिएको छ । हिमालयन डिष्टलरी, शिवम् सिमेन्टस्, आइएमयृ प्रुडेन्सियल, नागरिक लगानी कोष, तारागाँउ रिजेनसी, सूर्या ज्योति लाइफ, नेपाल लाइफ, ओरियन्टल होटल र एशियन लाइफको सेयर सर्वाधिक कारोबारको लिस्टमा पर्न सफल भएको छ।

    सिटिजन्स म्युचूअल फण्ड १ को शेयरमूल्य सर्वाधिक घटेको छ । फण्डको शेयरमूल्य ८।४१ प्रतिशतले घटेको छ । इङ्वा हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त, कालिका पावर कम्पनी, एनआईबिएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको सेयरमूल्यमा सामान्य गिरावट आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend