२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भारतीय फिल्ममा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतले दियो आदेश


सञ्चार डबली
  • बिहीबार , असार ७ २०८०
  • 9.1K
    SHARES

  • images
    भारतीय फिल्ममा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतले दियो आदेश

    काठमाडौं, ७ असार ।  काठमाडौं महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भारतीय फिल्म आदिपुरुषमा ‘जनक भारतकी छोरी’ संवादलाई लिएर महानगरले भारतीय फिल्ममा चल्न नदिने निर्णय गरेको थियो ।

    उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिटमाथि आज सुनुवाइ गर्दै उच्चका न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई १२ असारमा बोलाएको छ । काठमामडौं महानगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा गत सोमबारदेखि काठमाडौं महानगर क्षेत्रभित्रका सिनेमा हलमा भारतीय फिल्मको प्रदर्शन रोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend