२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

उच्च गुणस्तरको शानदार पोर्टेबल बास–बुस्ट स्पिकर मात्र २५ सयमा


सञ्चार डबली
  • बिहीबार , असार ७ २०८०
  • 11.0K
    SHARES

  • images
    उच्च गुणस्तरको शानदार पोर्टेबल बास–बुस्ट स्पिकर मात्र २५ सयमा


    काठमाडौं, ७ असार ।  अल्टिमा लाइफस्टाईल,तेज गतिले बढ्दो लाइफस्टाईल एक्सेसरीज ब्रान्ड, जसले आफ्नो स्पिकर वर्ग अन्तर्गत नयाँ “ अल्टिमा डाइनामाइट” लिएर आएको छ । गाना सुन्ने सामान्य अनुभवलाई अझै परिस्कृत बनाउने परिकल्पनाका साथ अल्टिमाले नेपाली बजारमा सबै संगीत प्रेमीहरूका लागि आफ्नो उच्च गुणस्तरको स्पिकर सार्वजनिक गरेको हो ।

    हालै कम लागतको ब्लुटुथ कलिङ स्मार्टवाच “वाच म्याजिक“ले नेपालको ई–कमर्स लन्च इतिहासमा नयाँ किर्तीमान कायम गर्न सफल भएको छ । नेपालको सबैभन्दा ठुलो ई –कमर्स प्लेटफर्म – ‘दराज’ बाट लन्च–डेमा मात्र २३० भन्दा बढी पिस वाच म्याजिक बिक्री गरेर स्मार्टवाचको बिक्रीमा नयाँ रेकर्ड कायम गरेको थियो ।

    अल्टिमा डाइनामाइट स्पिकरमा रहेको १८०० mAH Li-Polymer ब्याट्रीका कारण स्पिकरले ११ घण्टा सम्म राम्रो प्लेब्याक प्रदान गर्दछ । यस स्पिकरमा रहेको क्ष्एह्ट को विशेषता पानी र झटका प्रतिरोध गर्ने हो जसले गर्दा यो स्पिकर साथीहरूसँग पिकनिक, पैदल यात्रा, क्याम्पिङ, वा कुनै पनि प्रकारको इनडोर र आउटडोर गतिविधिहरू गर्न तपाईंको एक उत्तम सहयोगी हुन सक्छ। साथै, यो सानो कम्प्याक्ट स्पिकरमा सबैभन्दा नयाँ–पुस्ताको ब्लुटुथ v5.0  प्रविधि र / AUX / micro SD कम्प्यातिबिलिटी प्रबिधि जडित रहेको छ ।

    यो कम्प्याक्ट डिजाइनको स्पिकर भएकोले यसलाई सजिलै झोलामा झुण्डाएर वा खल्तीभित्र हालेर साथमा बोक्न सकिन्छ ।

    नवरचना र ग्राहक सन्तुष्टिमा दृढताका साथ ध्यान केन्द्रित गर्दै, अल्टिमाका संस्थापक अमित अग्रवालले भन्छन् “हामी अडियो क्षेत्रमा एक उदीयमान ब्रान्डको रूपमा यो स्पिकरले हाम्रो नवीनताप्रतिको प्रतिबद्धता प्रस्ट दर्शाउनेमा विश्वस्त छौं ।”

    यो लन्च पश्चात, अल्टिमाले नेपाली उपभोक्ताहरुलाई किफायती मूल्यमा विशिष्ट गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने आफ्नो लक्ष्य अनुरुप एसेसरिजको बजारमा थप अधिकार जमाउँदै जानेछ ।
    अल्टिमा डाइनामाइटको मूल्य रु २,५९९ रहेको छ, तर विशेष लन्च अफरको रूपमा, पहिलो १०० ग्राहकहरूले यो स्पिकर मात्र रु १,९९९ मा दराजबाट असार ०७ गते (जुन २२) खरिद गर्न सक्नु हुनेछ। साथै यो स्पिकर असार ०९ गते (जुन २४) देखि सबै अनलाइन र अफलाइन माध्यमहरूमा उपलब्ध हुनेछ ।

    अल्टिमाले नेपालको अग्रणी डिजिटल वालेट प्रदायक ‘खल्ती’सँग सबै अल्टिमा उत्पादनहरू बिक्री गर्नका लागि सहकार्य गरेका छन्। जसले गर्दा अब ‘खल्ती बजार’  बाट सबै अल्टिमाका उत्पादनहरू खरिद गर्न सकिन्छ। यस विशेष सहकार्यका लागि अल्टिमाले प्रि–बुकिङ अफर, उपहार लगायतका अन्य अफरहरु पनि सञ्चालन गरिरहेका छन् ।

    खल्तीका प्रयोगकर्ताले अब मात्र रु १ मा अल्टिमा डाइनामाइटको प्रि–बुकिङ गर्न सक्नेछन् भने प्रि–बुकिङ गरेका सबै ग्राहकले मात्र रु १,९९९ मा स्पीकर पाउन सक्नेछन्। प्रि–बुकिङ असार ०७ गते देखि सुरु भई असार ०९ गते सम्म (जुन २०–२४) सम्म चल्नेछ भने अल्टिमा डाइनामाइटको बिक्री असार ०९ गते (जुन २४) देखि सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend