२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बिहीबार , असार ७ २०८०
  • 9.0K
    SHARES

  • images
    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


    काठमाडौ, ७ असार। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend