२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 वैशाख ५ बाट आइपीओ बिक्री खुला गर्दै सान्भी इनर्जी


सञ्चार डबली
  • मंगलबार, वैशाख २ २०८२
  • 6.7K
    SHARES

  • images
     वैशाख ५ बाट आइपीओ बिक्री खुला गर्दै सान्भी इनर्जी

    काठमाडौं ।  सान्भी इनर्जीले वैशाख ५ गते देखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्न लागेको हो।

    कम्पनीले जारीपुँजी ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशतले हुन आउने ३७ करोड ९० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

    कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि बिक्री खुला गर्नेछ।

    यसैगरी सर्वसाधारणका लागि छुट्याइएको जारी पुँजीको ३३.०७ प्रतिशतले हुन आउने २९ लाख १० हजार कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९१ हजार कित्तामा वैदेशिक रोजगारमा रहेका नेपालले आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend