२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


सञ्चार डबली
  • बिहीबार , असार ७ २०८०
  • 8.7K
    SHARES

  • images
    यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

     

    काठमाडौ, ७ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्बजनिक गरेको छ । जसअनुसार ठुलो गोलभेडा (नेपाली) प्रतिकेजी ३७ रुपैयाँ ५० पैसा, भारतीय गोलभेडा ४२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा १२ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३७ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसाका किनबेच भइरहेको छ ।

    यसैगरी, सुकेको प्याज ४८ रुपैयाँ २० पैसा, लोकल गाजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली र सखरखण्ड ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली १०५ रुपैयाँ, रातो मूला २७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा र चिचिण्डो ३५ रुपैयाँ, तने बोडी, न्यूरो र दसहरी आँप ८५ रुपैयाँ, मकै बोडी, लोकल सिमी र झिगूनी ४५ रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, लौका, घिरौला र बुलेट खुर्सानी ६५ रुपैयाँ, भिण्डी ७८ रुपैयाँ कायम गरिएको छ ।

    यस्तै, तोरीको साग ३५ रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ३५६ रुपैयाँ, कुरीलो र गुन्द्रुक, २७५ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, सेलरी र पुदीना १३५ रुपैयाँ, पासले २३५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, अनार ४२५ रुपैयाँ, मालदह आँप ७६ रुपैयाँ कायम गरिएको छ भने दसहरी आँप ७५ रुपैयाँ, मौसम १९० रुपैयाँ, लोकल काक्रो ९० रुपैयाँ, रुख कटटहर ३५ रुपैयाँ, लोकल लिच्ची १२५ रुपैयाँ, किवि ७५० रुपैयाँ र आभोकाडो ६५० रुपैयाँ तोकिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend