२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भोलि शनिबार समेत अधिकांश बैक खुला रहने


सञ्चार डबली
  • शुक्रबार, चैत २९ २०८१
  • 5.8K
    SHARES

  • images
    भोलि शनिबार समेत अधिकांश बैक खुला रहने

    काठमाडौं, चैत २९ । चालु आर्थिक वर्षको चैत मसान्तको सेटलमेन्ट कार्यलाई ध्यानमा राख्दै अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले चैत ३० गते शनिबार पनि बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन् ।

    चैतको अन्तिम दिनमा गरिनुपर्ने आर्थिक कारोबार, खाताको अन्तिम लेखाजोखा, भुक्तानी तथा राजस्व संकलन जस्ता महत्त्वपूर्ण कामको चाप रहने भएकाले बैंकहरूले मुख्य शाखाहरू खुला राख्ने निर्णय गरेका हुन् ।

    नेपाल राष्ट्र बैंकले समेत चैत मसान्तसम्मको आर्थिक कारोबारलाई व्यवस्थित गर्न आवश्यक निर्देशन जारी गरेको छ । आर्थिक वर्षको त्रैमासिक अन्त्यसँग जोडिएको कार्यको सहजताका लागि चैत ३० गते बैंकहरू आंशिक रूपमा खुला हुने व्यवस्था मिलाइएको हो ।

    सार्वजनिक बिदाको दिनमा समेत बैंक खुला रहने निर्णयपछि सेवाग्राहीले चैत मसान्तको कारोबार सुचारु गर्न सहज हुने विश्वास गरिएको छ ।

        

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend