२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 १४.०५ विन्दुले घट्यो नेप्से सूचक


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 10.1K
    SHARES

  • images
     १४.०५ विन्दुले घट्यो नेप्से सूचक

     

    काठमाडौ,  ६ असार । सेयर बजारमा करेक्सन आउनेक्रम बुधबार पनि जारी रहेको छ । नेप्से सूचक १४.०५ विन्दुले घटेर २०५०.७८ विन्दुमा अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा करिब साढे ३ अर्बको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन समूहमा लागनीकर्ताको आकर्षण बढी देखिएको छ । 

    नेप्से सूचकमा गिरावट आउँदा कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा सामान्य प्रभावित भएको छ । ३ दिनदेखि बजार करेक्सनमै छ । ट्रेडरहरुले नाफा बुक गर्नतिर लाग्दा बजार सामान्य प्रभावित भएको अनुमान गरिएको छ । यसअघि बजार लगातार ९ दिनसम्म बढ्यो ।

    यस दिन २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर कारोबार भएको छ । २३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन डिष्टिलरी परेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend