२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सूर्योदय वोमी र महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 9.6K
    SHARES

  • images
    सूर्योदय वोमी र महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाडौ, ६ असार । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी र महुली लघुवित्तको संस्थापक सेयर बुधबारबाट लिलामी बिक्री खुला गरेको छ । जसमा सूर्योदय वोमीको १ लाख ६ हजार ९०० र महुलीको ५ हजार १८३ कित्ता सेयर रहेको छ ।

    लगानीकर्ताले सूर्योदय वोमीको सेयरमा न्यूनतम २१७ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम २७५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा असार १३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

    दुवै कम्पनीको लिलामी आवेदन एनआईसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend