२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लेनदेन कारोबार सहज गर भन्दै मिटरब्याजीद्वारा माइतीघरमा धर्ना


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 8.8K
    SHARES

  • images
    लेनदेन कारोबार सहज गर भन्दै मिटरब्याजीद्वारा माइतीघरमा धर्ना

    काठमाडौं, ६ असार । मिटरब्याजीहरु पनि लेनदेन कारोबार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन् । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन् ।

    ‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शन उत्रिएका हुन् ।

    मिटरब्याजी पीडितले पनि काठमाडौं आएर प्रदर्शन गरेका थिए । उनीहरुको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरे छानबिन गरिरहेका बेला मिटरब्याजी पनि काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend