२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्छ : गणेशप्रसाद तिमिल्सिना


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 7.8K
    SHARES

  • images
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्छ : गणेशप्रसाद तिमिल्सिना

    काठमाडौं, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्ने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान अवतरण गरेपछि आज उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबैले जागरुकता देखाउँदै आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।

    यसले नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त जहाजले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा आएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend