२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

चिनियाँ पाहुना आउँदा भान्जा–भान्जी आएको महसुस हुँन्छ : सुदन किराँती


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 8.2K
    SHARES

  • images
    चिनियाँ पाहुना आउँदा भान्जा–भान्जी आएको महसुस हुँन्छ : सुदन किराँती


    काठमाडौ, ६ असार । चिनियाँ पाहुनाहरू नेपाल आउँदा भान्जा–भान्जी आएको जस्तो लाग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

    नेपाल र चीनबीचको सम्बन्धको सुरुवात १५ सय वर्षअघिदेखि भएको स्मरण गर्दै मन्त्री किराँतीले नेपालसँगको सम्बन्ध राम्रो बनाउनका लागि राजा अंशुवर्माको छोरी भृकुटीसँग चीनसँग सम्बन्ध भएको बताए ।

    ‘हामी दुई देशबीचको सम्बन्धको सुरुवात इतिहासमा १५ सय वर्षदेखि हुँदै आएको थियो,’ उनले भने, ‘इतिहासको १५ सय वर्षअघि तिब्बतको राजा र त्यहाँको मान्यता अनुसार छिमेकी बलियो भयो भनेमात्र आफू बलियो हुन्छ भनिन्थ्यो । त्यही मान्यताअनुरुप हामी प्रतिवद्ध छौं।’

    उनले अघि भने, ‘त्यसैले होला नेपालसँग राम्रो सम्बन्ध बनाउन राजा अंशुवर्माको छोरी भृकुटीसँग सम्बन्ध राख्नका लागि बिहे गर्नुभएको होला।’

    नेपाल र चीनबीच नजिकको नाता सम्बन्ध रहेको भन्दै उनले चिनियाँ पाहुना आउँदा भान्जा–भान्जी आएको महसुस हुने बताए । ‘अत्यन्तै नजिकको नाता जस्तो लाग्छ, भृकुटी हाम्रो चेली भएको भएर होला हामीलाई चिनियाँ पाहुना नेपाल आउँदा भान्जा–भान्जी आएको जस्तो लाग्छ,’ मन्त्री किरातीले भने, ‘के तपाईंहरुलाई मामाघर आएको जस्तो लाग्दैन?’

    चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्स बबुधबार बिहान ९ बजेर ६ मिनेटमा पोखरा विमानस्थलमा अवतरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend