२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पैसा पाउने सहमतिपछि कृषि बिमालेख बिक्री पुनः सुरु


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 8.0K
    SHARES

  • images
    पैसा पाउने सहमतिपछि कृषि बिमालेख बिक्री पुनः सुरु

     

    काठमाडौ, ६ असार । बिमा कम्पनीहरुले कृषि बिमालेख बिक्री पुनः सुरु गरेका छन् । सरकारले कृषि बिमा अनुदानवापत् करिब ३ अर्ब भुक्तानी नदिएको भन्दै कम्पनीहरुले गत जेठ ७ गतेदेखि यो बिमालेख बिक्री रोकेका थिए । अहिले सरकारले बक्यौता रकम चरणबद्ध रुपमा भुक्तानी दिने प्रतिबद्धता गरेपछि बिमालेख बिक्री सुरु गरेका हुन् ।

    २०७७ सालदेखि कृषि बिमाको अनुदानबापत सरकारले दिनुपर्ने करिब ३ अर्ब बाँकी रहेपछि बिमा कम्पनीहरुले जेठ ७ गतेदेखि कृषि सम्बन्धी बिमालेख जारी गर्न बन्द गरेका थिए । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयूक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्धता जनाएको र कृषि बिमा लेख जारी गर्न आग्रह गरेको नेपाल बिमक संघले जनाएको छ ।

    सो आग्रहपछि असार मसान्तसम्मको लागि बिमालेख असार मसान्तसम्म जारी गर्ने निर्णय गरेको संघले विज्ञप्तिमार्फत जनाएको हो । असार मसान्तसम्म अनुदान रकम प्राप्त नभएमा पुनः बिमालेख बन्द गरिने संघले चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend