२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 7.9K
    SHARES

  • images
    नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


    काठमाडौ, ६ असार । आज नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार ७ गते बुक क्लोज गर्दै छ । तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।

    लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले असार १५ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभामा कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

    सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend