२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

धितोपत्र बोर्डद्वारा ब्रोकर कम्पनी मर्जरका लागि नयाँ निर्देशिका जारी


सञ्चार डबली
  • आइतबार, चैत १७ २०८१
  • 6.3K
    SHARES

  • images
    धितोपत्र बोर्डद्वारा ब्रोकर कम्पनी मर्जरका लागि नयाँ निर्देशिका जारी


    काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ। बोर्डले शुक्रवार आफ्नै वेबसाइट मार्फत उक्त निर्देशिका जारी गरेको हो।

    निर्देशिका जारी भएसँगै अब कुनैपनि ब्रोकर कम्पनी मर्जर वा प्राप्तिको लागि योग्य हुने छन्। निर्देशिका अनुसार कुनैपनि ब्रोकर कम्पनीले मर्जरमा जाने भए सबैभन्दा पहिले सैद्धान्तिक सहमतिको लागि संयुक्त रुपमा अनुसूची–१ बमोजिम निवेदन दिनु पर्नेछ।

    निवेदन दिए पश्चात् बोर्डले उक्त निवेदन उपर जाँचबुझ गर्ने छ। जाँचबुझ गर्दा सैद्धान्तिक सहमति प्रदान गर्न बोर्डले उपयुक्त हुने देखेमा १५ कार्य दिन भित्र त्यस्ता धितोपत्र व्यवसायीलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन आवश्यक सर्त तोकी सैद्धान्तिक सहमति दिनेछ।

    सैद्धान्तिक सहमति प्रदान गर्न नसकिने देखिएमा त्यस्तो सैद्धान्तिक सहमति प्रदान नगर्ने भनी बोर्डबाट निर्णय भएको मितिले सात कार्य दिनभित्र सोको कारण समेत खुलाई निवेदकलाई जानकारी दिनेछ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend