२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबिआई बैंकद्धारा दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल र होटेल क्रिस्टल पशुपतिसँग छुट सम्बन्धि सम्झौता


सञ्चार डबली
  • शुक्रबार, चैत १५ २०८१
  • 6.5K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकद्धारा दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल र होटेल क्रिस्टल पशुपतिसँग छुट सम्बन्धि सम्झौता

    काठमाडौं।  नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

    उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा र दुसित थानी हिमालयन रिसोर्टकी सह निर्देशक (सेल्स एण्ड मार्केटिङ), सितु श्रेष्ठ बीच आदानप्रदान भएको थियो ।

    साथै नेपाल एसबिआई बैंक लि. र होटेल क्रिस्टल पशुपति, काठमाडौं बीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र आवास सुविधामा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ  ।

    उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा र होटेल क्रिस्टल पशुपतिका निर्देशक सेल्स एण्ड मार्केटिङ रोशन सुवाल बीच आदानप्रदान भएको थियो ।

    उक्त सम्झौताहरु बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत,  राम कुमार तिवारीको उपस्थितिमा बैकको केन्दिय कार्यालयमा भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, बैंकका सल्लाहकार,  छपि राज पन्त र बैंक तथा होटेलका अन्य उच्च पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend