२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुँदै


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 9.1K
    SHARES

  • images
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुँदै


    काठमाडौं, ६ असार । आज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा  अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो ।

    चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज बुधबार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । जहाँ १ सय ३० जना यात्रु रहने छन् ।

    नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेतलाई लिएर आउने सो बिमानमा चिनियाँ खेलाडीहरु साथमा नै आउने छन् ।

    दक्षिण एसिया मा नै पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुनका लागि ती खेलाडीहरु नेपाल आउन लागेका हुन । सो फेस्टिबल यही असार ८ र ९ गते पोखरामा हुदैँछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend