२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव


सञ्चार डबली
  • बिहीबार , चैत १४ २०८१
  • 7.0K
    SHARES

  • images
    बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्रस्ताव गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले न्यूनतम २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताको सेवा शुल्कमा ५० प्रतिशत रकम छुट दिने प्रस्ताव गरेको हो । अहिले २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताले सेवा शुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्दछ ।

    अब १५ रुपैयाँ मात्रै तिर्नुपर्ने गरी प्राधिकरणले त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिश गर्ने निर्णय गरेको छ । नियमन आयोगले स्वीकृति दिएपछि यो निर्णय लागू हुनेछ । साना विद्युत प्रयोगकर्ताको मिटर रिडिङ ३ महिनामा एक पटक गर्ने पनि बैठकले निर्णय गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend